Breaking News.... EverestOnlineKhabar
October 2, 2026

रहेनन् पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्ट, पशुपति आर्यघाटमा अन्त्येष्टि

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित बिष्टको शनिवार काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।

देशभक्त, राष्ट्रवादी, इमानदार र नैतिकवान व्यक्तित्व बनाउनु भएका बिष्ट १९८३ साल माघ २ गते काठमाडौंको ठमेलमा जन्मनु भएको थियो । बिष्ट २५ चैत ०२५ देखि ३१ चैत ०२६ सम्म पहिलोपटक प्रधानमन्त्री बन्नुभएको थियो । १ वैशाख ०२८ देखि १ साउन ०३० सम्म दोस्रोपटक र ३० वैशाख ०३४ देखि १६ जेठ ०३६ सम्म उहाँ तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो ।

२५ असार ०३० सालमा सिंहदरबार आगलागी भएकाबेला नैतिकताका आधारमा उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

राजा ज्ञानेन्द्रले १९ माघ ०६१ सालमा शासन सत्ता हातमा लिएपछि उहाँ मन्त्रिपरिषद्को उपाध्यक्ष हुनुभएको थियो ।
बिष्टको पशुपति आर्यघाटमा सामान्य ढंगले अन्त्येष्टि गरिएको छ । आफूलाई राजकीय सम्मान नदिनु भन्ने उहाँको इच्छाअनुसार नै अन्त्येष्टि गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed