Breaking News.... EverestOnlineKhabar
August 16, 2026

पूर्वप्रधानमन्त्री खनाल भन्छन्ः‘नेकपा एमालेलाई विजयी गराए मात्र इलाम जिल्लाको भविष्य उज्वल हुन्छ’

Loading

इलाम,कार्तिक ।
नेकपा एमालेका वरिष्ठ नेता एंव पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम जिल्लाको आधुनिक विकास निर्माण र उज्जल भिष्यको लागि नेकपा एमालेलाई विजयी गराउन अपील गर्नुभएको छ । सूर्योदयको जिल्ला भनेर इलाम,कञ्चनजंगा हिमाल लगायत पर्यटकीय क्षेत्रले धनी इलाम जिल्लाको आधुनिक विकास नै इलामको उज्ज्वल भविष्य भएको भन्दै इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खनालले इलामको उज्जवल भविष्यको लागि एमालेले जित्नु अनिवार्य भएको बताउनुभएको छ । आफु पहिलो पटक जनप्रतिनिधि हुँदाको वखत सामान्य कच्चीसडक पनि नभएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका बरिष्ठ नेता खनालले बाटोघाटो,बिजुली लगायतका विकास निर्माणका कार्य आफु जनप्रतिनिधि भईसकेपछि मात्र सम्भव भएको बताउनुभयो । उहाँले केहि सिमित घर र बस्तीमा विकास पूर्वाधारका काम हुन बाँकी रहेको भन्दै अब छिट्टै ती ठाउँको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । इलाम विशेषगरी नेकपा एमालेको गढ भएको उल्लेख गर्दै अध्यक्ष खनालले एक पटक मात्र इलामेली जनता झुक्किएको तर अब जनता कहिल्यै नझुक्किने समेत विश्वास व्यक्त गर्नुभयो ।
मेची राजमार्ग इलामबाट जाने सम्भावना नरहेको अवस्थामा पनि आफ्नो कडा मिहिनेत र पहलका कारण एडिबीको बजेट पारेर मेची राजमार्ग इलामबाट सम्भव गराएको स्मरण गर्नुभयो । उहाँले फिक्कलदेखि अन्तुडाँडासम्मको सडक पिच हुँदै गरेको भन्दै त्यसलाई छिट्टै सम्पन्न गर्ने जानकारी दिनुभयो ।यस्तै,उहाँले इलाम जिल्लाका वडाहरुमा पुगेका कच्चीसडकलाई स्तरोन्नति गर्ने र सडक सञ्जालले नछोएका वडाहरुमा पनि छिट्ै सडक सञ्जालवाट जोड्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
इलाम जिल्लाको अर्कोनाम चार खोलासमेत भएको र इलाममा थुप्रै खोला भएको भन्दै वरिष्ठ नेता खनालले आफु प्रधानमन्त्री भएको समयमा इलाममा ३४ वटा पक्की पुलेको योजना पारेको र अहिलेसम्म धेरै पुल निर्माण भईसकेका तर केहि पुल निर्माणको क्रममा रहेको जानकारी दिनुभयो । आफुलाई जनताले फेरी चुनेर पठाए इलाम जिल्लामा गर्न बाँकी रहेका विकास निर्माणका काम र थप कामहरु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यतिमात्र नभई इलाम जिल्लामा रहेका प्रशस्तै नदीनालावाट विद्युत्त उत्पादन गर्नसक्ने प्रचुर सम्भावना रहेको भन्दै जलविद्युत्तको क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रको लगानी भित्राउने योजना रहेको जानकारी दिनुभयो ।
यस्तै,उहाँले शिक्षाको समुचित विकासलाई आगाडी बढाउनु आवश्यक रहेको भन्दै इलाममा विश्वविद्यालय स्थापनाको माग आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । इलाम जिल्लामा रहेका विभिन्न सांस्कृतिक रितीहरुको रक्षाका साथै सम्बद्र्धन,अल्पसंख्यक तथा पिछडिएका वर्ग र समुदायको उत्थानमा आफुले बृहत्त योजना बनाएर अघि बढिरहेको वरिष्ठ नेता खनालले जानकारी दिनुभयो । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का जनताको उत्पादन र आयआर्जनको एक प्रमुख क्षेत्र रहेको चिया बगानको व्यवसायीककरण आफ्नो प्राथमिकतामा रहेको खनालको भनाइछ । किसानलाई चियाको मुल्य नै नदिने विकृतिलाई आफुले केहि हदसम्म अन्त्य गरेको स्मरण गर्दै बरिष्ठ नेता खनालले चियालाई अब कसरी अर्गानिक बनाउने,विदेशी बजारसम्म कसरी पँहुच पु¥याउने भन्ने विषयमा आफुसंग योजना रहेको भन्दै आफु योजना कार्यान्वयनको दिशातर्फ अघि बढेको जानकारी दिनुभयो ।
यस्तै,किभि उत्पादन,दुग्ध उत्पादन,उलन उत्पादन लगायतका अन्य उत्पादनमुलक बस्तुहरुको आधुनिकिकरण र व्यवसायीकरण गर्न आवश्यक रहेको भन्दै बरिष्ठ नेता खनालले यसको लागि आफुसंग स्पष्ट भिजन र योजना रहेको र योजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.