Breaking News.... EverestOnlineKhabar
October 2, 2026

नेइमारलाई रियल मड्रिडमा ल्याउन छलफल सुरु…..?

Loading

एजेन्सी,२३ कार्तिक ।
स्पेनिस क्लब रियल मड्रिडले भविष्यसम्मका लागि राम्रो हुने भन्दै रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा नेइमार चाहेको खबर सार्वजनिक भएको छ ।भविष्यमा रोनाल्डोको स्थानमा रहने सक्ने गरी नेइमारका बुवा र रियल मड्रिडका अध्यक्षबीच कुराकानी भएको खबरमा उल्लेख छ ।
खेलकुदसम्बन्धी स्पेनिस पत्रिका मुन्दो देपोर्टिभोका अनुसार रियल मड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले केही दिनअघि स्पेननै फर्किएर खेल्न सक्ने सम्भावनाबारे नेइमारसँग कुरा गरेका थिए ।
पेरेजले अहिलेकै लागि मात्र नहेरेर भविष्यसम्मका लागि नेइमार ल्याउन सके राम्रो हुने बताएका छन् । रोनाल्डोको रियल मड्रिडमा २०२१ सम्मका लागि मात्र सम्झौता छ । त्यसपछिका दिनमा नेइमार रोनाल्डोको विकल्प हुन सक्ने रियल मड्रिडको योजना छ ।
नेइमार अहिले विश्वकै महंगा खेलाडी हुन् । उनी स्पेनिस क्लब बार्सिलोनबाट अहिलेसम्मकै धेरै रकम २२ करोड २० लाख युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका हुन् । नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउँछन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् । पिएसजीले नेइमारसँग पाँच वर्षको सम्झौता गरेको छ । नेइमारले पिएसजीमा १२ खेलमा ११ गोल गरिसकेका छन् ।
क्रिष्टियोनो रोनाल्डोले यो सिजन अहिलेसम्म स्पेनिस ला लिगामा एक गोल मात्रै गरेका छन् । लिगका सुरुका चार खेल प्रतिबन्धका कारण गुमाएका रोनाल्डोले लिगमा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । तर उनले च्याम्पियन्स लिगमा भने राम्रो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed