Breaking News.... EverestOnlineKhabar
June 24, 2026

ओमानसंग नेपालको लज्जास्पद हार, अन्तिम खेलमा ५–० ले पराजित

Loading

एजेन्सी । किर्गिस्तानमा जारी एएफसी यू–१९ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल ओमानसंग ५–० ले हारेको छ । छनोट प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको नेपाल अन्तिम खेलमा ओमानसँग ५–० ले पराजित भएको हो ।

किर्गिस्तानको राजधानी बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफमै ३ गोल खाएको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो । हारसँगै छनोटको समूह एमा रहेको नेपाल अंकबिहिन हुँदै घर फर्किएको छ ।

गत महिना भुटानमा सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली युवा टोली छनोटको पुछारमा रह्यो । पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–०, दोस्रो खेलमा बहराइनसँग ४ – ० र तेस्रो खेलमा युएईसँग १ – ० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed