![]()
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीको चुनावी मोर्चाले घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौमा आयोजित कार्यक्रममा सो पार्टीका नेता तथा चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा संसदबादी दलहरुलाई यथास्थितिबादी भनिएको छ । घोषणापत्रमा अहिलेका प्रमुख भनिएका राजनीतिक दल र सरकारको राजनीति भण्डाफोर गर्ने तथा उनिहरु चुनावपछि पनि नसच्चिने भएकाले मुलुकको बैकल्पिक शक्ति माओवादी क्रान्तिकारी भएको दावी गरिएको छ ।
यस्तै, घोषणापत्रमा अहिलेको संघीय संरचना गलत रहेको उल्लेख छ । त्यस्तै उत्कृष्ट भनिएको संविधान अपुरो रहेको तथा परराष्ट्र नीति पञ्चशिलको आधारमा हुनुपर्ने सर्वमान्य मान्यता कुल्चदैसंविधान मौन रहेको उल्लेख गरिएको छ ।
त्यस्तै मुलकलाई स्वतन्त्र र सम्बृद्ध बनाउन १९५० असमान सन्धी खारेज, विप्पा खोरज, भ्रष्टाचारीलाई कारबाही गर्न शसक्त काननु बनाउने, १२ कक्षा सम्म निःशुल्क गर्ने, हरेक प्रदेशमा अस्पताल बनाउने र बैज्ञानिक भुमिसुधार लागु गर्ने प्रतिवद्धता गरिएको छ ।


