![]()
काठमाडौ,२० कार्तिक ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका बारेमा भातृसंगठन र शुभेच्छुक संस्थासँग छलफल सुरु गरेको छ ।पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारलाई जिताउन कसरी सकिएला भन्नेबारे छलफल सुरु गरेको समितिका संयोजक बालकृष्ण खाँणले जानकारी दिए । समितिले आज प्रजातन्त्रबादी प्राध्यापक संघसँग छलफल गर्दैछ । प्राध्यापकहरुका सल्लाह सुझाव लिएर पार्टीका उम्मेदवारलाई जिताउने थप रणनीति बनाइने उनले जनाए ।
समितिले आइतबार कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल लगायत संस्थासँग छलफल गरेको थियो । समितिले केन्द्रीय निर्वाचन परिचालन समितिले स्थानीय तहको चुनावमा गठन भएको केन्द्रीय निर्वाचन प्रचारप्रसार उपसमितिका सदस्यहरूसँग स्थानीय तहको चुनावमा तत्कालीन प्रचार समितिले गरेका काम र भावी रणनीतिका सम्बन्धमा राय सुझाव लिएको थियो ।
समितिले सबै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति र जिल्ला निर्वाचन प्रचारप्रसार समिति गठन गर्न यसअघि नै परिपत्र गरिसकेको नेता खाँडले जानकारी दिए ।


