Breaking News.... EverestOnlineKhabar
June 27, 2026

तनहुँमा गोविन्दराज जोशीले उम्मेदवारी दिएपछि रामचन्द्र पौडेललाई संकट

Loading

तनहुँ । नेपाली कांग्रेसका नेता एवमा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल संकटमा परेका छन । जोशीले बागी उम्मेदवारी दिएपछि पार्टीका आधिकारिक उम्मेदवार पौडेल संकटमा परेका हुन ।

जोशीले तनहुँ क्षेत्र नम्बर १ का लागि टिकट मागेका थिए । कांग्रेसले जोशीको इच्छाबिरुद्ध पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् । पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीको भनाइ छ ।

जोशीले कांग्रेसको चारतारे झण्डा सहित सयौंको संख्यामा जुलुस लगेर उम्मेदवारी दर्ता गराएका थिए । जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली पनि उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.