Breaking News.... EverestOnlineKhabar
June 27, 2026

श्रीमतिको अनुमति बिना दोस्रो विवाह गर्नेलाई जेल चलान

Loading

बिबिसि । पाकिस्तानको एउटा अदालतले श्रीमतीको अनुमति नलिइ दोस्रो विवाह गरेको भन्दै एक पुरुषलाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

लहोरस्थित अदालतले इस्लाम धर्म अनुसार चारवटासम्म श्रीमती विवाह गर्न पाउने शहजाद सकिबको तर्कलाई अस्वीकार गर्दै करिब दुई हजार डलर जरिवाना तिर्नुपर्ने आदेश दिएको छ । सकिबकी पहिली श्रीमती आयषा बिबिले आफ्नो लिखित स्वीकृति बिना अर्को विवाह गर्नु पाकिस्तानको परिवार कानुनको उल्लंघन भएको दाबी गरेकी थिइन् ।

महिला अधिकारकर्मीहरुले अदालतको उक्त फैसलाले बहुविवाहलाई निरुत्साहित गर्ने बताएका छन् । उनीहरुले यसले महिलाहरुलाई सशक्त बनाउने र यस्तै खालका अवस्थामा अरु महिलाहरुले पनि अदालतमा मुद्दा पुर्याउने बताए ।

एउटा गैरसरकारी संस्था पिस एण्ड डेभेलपमेन्ट फाउण्डेसनकी प्रमुख रोमाना बसिरले भनिन्न, “एउटी समस्यामा परेकी महिलाले अदालतसम्म उजुरीलैजान यो कानुनको प्रयोग गरिन् भन्ने विषय उत्साहजनक छ ।“

पाकिस्तानमा एकभन्दा बढी श्रीमती विवाह गर्न चाहनेले पुरुषहरुले विवाह अघि आफ्नी पहिली श्रीमतीबाट लिखित स्वीकृति लिनुपर्छ ।
सामान्यतया पहिलो विवाह भएको थुप्रै वर्षपछि पाकिस्तानका पुरुषहरुले बहुविवाह गर्छन् । पाकिस्तानको इस्लामिक मुद्दाहरुबारे सरकारलाई कानुनी सल्लाह दिने काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सिआइआइ) ले धेरैजसो देशको परिवार कानुनको आलोचना गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.