![]()
लमजुङ । प्रहरीले लमजुङबाट १७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । मनाङबाट लमजुङको बेसीशहरतर्फ आउँदै गरेको बेला १७ किलो सुनसहित मनाङका पासाङ लामालाई प्रहरीले पक्राउ गरेको हो ।
बा ५४ प ४२९१ नम्बरको मोटरसाइकलमा सुन ल्याउँदै गरेका बेला प्रहरी चेकजाँचका क्रममा सुन बरामद भएको हो । प्रहरीले सुन जाँच्न सदरमुकाम लगेको छ ।
प्रहरीले लामा र सुनबारे थप अनुसन्धान गरिरहेको छ ।


