![]()
टोकियो,१६ कार्तिक ।
जापानको प्रधानमन्त्रीमा लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित भएका छन् । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्रीसमेत रहेका उनी जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित भएका हुन् ।
जापानको दुबै सदनले उनलाई प्रधानमन्त्रीमा बुधबार निर्वाचित गरेको हो । उनले घोषणा गरेको आम निर्वाचन हालै सम्पन्न भएको थियो ।
हालैमात्र सम्पन्न निर्वाचनमा उनको दल लिबरल डेमोक्रेटिक पार्टीले दुईतिहाई बहुमत हासिल गरेको थियो । गएको संसदीय निर्वाचनमा उनको दलले जापानी संसदको तल्लो सदनमा दुईतिहाई बहुमत हासिल गरेको थियो । उनलाई संसदले बुधबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।
जापानको उक्त निर्वाचनमा उनको विगतदेखिकै सत्तारुढ अर्को दल कोमेइतो पार्टी पनि गठबन्धनमा सामेल भएको थियो । अबको नयाँ सरकारमा पनि कोमेइतो पार्टी पनि सहभागी हुने भएको छ । आबेले बुधबार रातिसम्ममा कोमेइतो पार्टीका नेतासँग छलफल गरी नयाँ मन्त्रीमण्डलको घोषणा गर्ने बताइएको छ ।


