Breaking News.... EverestOnlineKhabar
September 30, 2026

एएफसी यु–१९ एसिया कप छनौट फुटबलःआज नेपालले बहराइनको सामना गर्दै

Loading

काठमाडौ,१६ कार्तिक ।
उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौटमा नेपाल बिहीबार बहराइनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका पौने पाँच बजे हुनेछ । बहराइनसँगको खेल प्रतियोगितामा अघि बढ्न नेपालका लागि महत्वपूर्ण छ । पहिलो खेलमा हारेका लागि समूह विजेता वा उत्कृष्ट ६ समूह उपविजेतामा पर्नका लागि यो खेल महत्वपूर्ण छ ।
नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले पहिलो खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै बहराइनसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका छन् । यसअघि मंगलबार भएको खेलमा नेपाल किर्गिस्तानसँग २–० ले हारेको थियो ।
१० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् । नेपाल रहेको समूहमा बहराइन, किर्गिस्तान, युएई र ओमान रहेका छन् ।
अर्पण कार्की कप्तान रहेको टोलीमा गएको महिना भुटानमा भएको १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्ने अधिकांश खेलाडी समावेश छन् । १८ गते युएई र २२ गते ओमनसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed