![]()
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निर्वाचन आचरसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयले स्पष्टीकरण सोधेको छ ।
मन्त्री बस्नेतले निर्वाचन आचारसंहिता विपरित सुनकोशी गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको उद्घाटन गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो । कार्यालय उद्घाटनपछि सो क्षेत्रमा चुनावी सभा गरिएको थियो ।
आयोगले उद्घाटन कार्यक्रम नगर्न आग्रह गर्दागर्दै पनि अटेर गरेको आयोगको गुनासो छ । ‘कार्यक्रम रोक्नुहोस भनेर अनुरोध गरेका थियौ तर उहाँहरुले जर्बरजस्ती गर्नुभयो ।’ आयोगका एक सदस्यले भने ।
उम्मेदवार बस्नेतले लिसंखुपाखर गाउँपालिका ७ ठुलोपाखरमा रहेको मानेडाँडा पाखरखोला सडकको उद्घाटन गरेका थिए । आफूले बजेट हालेको भन्दै मन्त्री बस्नेतले सडक उद्घाटन गरेका हुन ।


