Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एमाले कार्यकर्ताद्वारा पार्टीको भक्तपुर जिल्ला कार्यालयमा तालाबन्दी

Loading

भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला कार्यालयमा पार्टीकै कार्यकर्ताल तालाबन्दी गरेका छन् ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेले आफ्नो उम्मेदवार नदिने निर्णय गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन ।

भक्तपुर क्षेत्र नं १ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा एमालेको राम्रो पकड हुँदाहुँदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईवटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भएकोमा आन्दोलित हुनु परेको दंगालले बताए । एमालेले तीनवटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी दंगालले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.