Breaking News.... EverestOnlineKhabar
August 16, 2026

एकदलिय शासन व्यवस्था ल्याउन खोज्ने कम्युनिष्टलाई हराउन संचारमन्त्रीको आग्रह

Loading

भक्तपुर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कम्युनिस्ट पार्टीहरुले ल्याउन खोजेको एकदलीय तानाशाह विरुद्ध लोकतन्त्रवादीहरु एकठाउँमा संगठित हुनुपर्ने बताएका छन् ।

भक्तपुरमा कांग्रेस नेता रामबहादुर ठकुरीले लेखेको आत्मवृतान्त ‘नलेखिएका इतिहास’ को लोकार्पण गर्दै सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रवादीहरुलाई एक ठाउँमा उभिन आह्वान गरेका हुन् ।

उनले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनबिरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरे ।
उनले वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन खोज्ने दलहरुसँग कांग्रेस विचलित नहुने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबीसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.