Breaking News.... EverestOnlineKhabar
August 16, 2026

साउदी अरेबीयामा महिलालाई खेलकुद सम्बन्धि कार्यक्रम हेर्न रंगशाला जाने अनुमति

Loading

बिबिसि । साउदी अरेबीयामा महिलालाई खेलकुद सम्बन्धि कार्यक्रम हेर्न रङ्गशाला जान दिईने भएको छ । रियाद, जेदाह र दम्माम शहरमा परिवारका साथमा खेलकुद हेर्न महिलालाई आगामी सन् २०१८ देखि रङ्गशाला छिर्ने अनुमति दिईने भएको हो । आगामि सन् २०१८ बाट साउदी महिलाले अर्काे महत्वपूर्ण स्वतन्त्रता पाउन लागेका हुन् ।

सवारी चालक अनुमति नपाएका साउदी महिलाले आगामी वर्ष देखि गाडी हाँक्ने अनुमति पाएका छन् । सन् २०१८ बाट महिलाहरुलाई रङ्गशालामा विषेश बस्ने प्रबन्ध मिलाईने साउदी खेलकुद परिषदले जनाएको छ । पुरुषका लागि मात्रै छुट रहेको क्षेत्रमा सिसि टिभि क्यामेरा सहितका सुरक्षाको अन्य प्रवन्ध समेत मिलाईने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.