Breaking News.... EverestOnlineKhabar
August 15, 2026

टिकट बाँड्दा बाँड्दै एमालेका शीर्ष नेताहरुको प्रेसर बढेपछि……

Loading

ललितपुर,१३ कार्तिक ।
समानुपातिकतर्फको अन्तिमसूची तयार पार्न आईतबार उपाध्यक्ष वामदेव गौतमको निवाश भैसेपाटीमा बसेको एमाले स्थायी कमिटी बैठकमा नेताहरुले समय–समय प्रेसर चेक गराएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गर्न एमाले स्थायी समितिको बैठक वामदेव गौतमको निवास भैँसेपाटीमा बस्दै आएको छ । दलहरूले समानुपातिक बन्दसूची २९ असोजमा बुझाए पनि संशोधन गर्ने अन्तिम म्याद आइतबारसम्म मात्र थियो ।
समानुपातिकको नाम सच्याउने र प्रत्यक्षतर्फको नाम टुंगो लगाउन बसेको बैठकको बीचमै आइतबार राति स्वास्थ्यकर्मी बोलाइए । सबैजसो नेताहरूको पालैपालो प्रेसर जाँच भयो । नेताहरू फेरि बैठकमा सरिक भए।
तर, समानुपातिकको नाम टुंगो नलागेकाले एमाले प्रतिनिधि राति १२ बजेपछि पनि निर्वाचन आयोगमै थिए । आयोगमा एमाले मात्र होइन, सबैजसो दलका नेताहरू नाम थप्ने र घटाउनेमा व्यस्त थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed