Breaking News.... EverestOnlineKhabar
August 16, 2026

सांसद विकास कोष अन्र्तगतका सम्पूर्ण कार्यक्रम तथा योजना रद्द गर्न निर्वाचन आयोगको निर्देशन

Loading

काठमाडौ,१३ कार्तिक ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रम कार्यान्वयनमा रोक लगाएको छ । संसदको कार्याकाल समाप्त भएकाले पूर्वसांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्यवन, नयाँ कार्यक्रम छनोट गर्ने र रकम निकासा गर्न नमिल्ने आयोगले जनाएको छ ।
आयोगको आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र विकास कार्यक्रममा रोक लगाउनुका साथै निकासा रोक्न निर्देशन दिएको छ । साथै यसबारे अनुगमन गरी सोमबार प्रतिवेदन पठाउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको आयोगका आयुक्त सुधिरकुमार शाहले जानकारी दिए ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ बाटै आचार संहिता लागू भएको छ । तर,पूर्व सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कार्यक्रमको रकम खर्च गरेको खबरहरु आएका छन् ।आयोगले पूर्व सांसदहरुले सिफारिससाथ छनौट गरिएका परियोजना तथा कार्यक्रम रद्द गर्न र कोलेनिकाबाट रकम रोक्का गर्न प्रजिअहरुलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.