Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले भनेः‘अमेरिकामा पेन किलर सेवन गर्ने दुव्र्यसनीले मुलक नै लज्जित’

Loading

एजेन्सी,१० कार्तिक ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अत्याधिक पेन किलर सेवन गर्ने अमेरिकी दुव्र्यसनी मुलुकका लागि लज्जाको विषय बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति ट्रम्पले यसलाई सार्वजनिक स्वास्थ्यको संकटकालका रुपमा घोषणा पनि गरेका छन् । प्रतिदिन १४० जनाको मृत्युको कारण बनिरहेको पेन किलर दुव्र्यसनी रोक्न उनले नयाँ योजना पनि अघि सारेका छन् ।
राष्ट्रपति ट्रम्पले बन्दुकको दुरुपयोग वा सडक दुर्घटनाबाटभन्दा बढी अत्यधिक औषधि सेवन अर्थात् ओभरडोज औषधि सेवन गरेर अमेरिकीहरु मृत्युको मुखमा पुगिरहेको उल्लेख गरे । यसको मूल कारण भनेको पेनकिलरको अधिक सेवन, हिरोइनसहितका दुव्र्यसनीका लागि प्रयोग गरिने लागुऔषध हुन् उनले भने ।
विश्वमै अमेरिकीहरुले यस्तो औषधिको अधिक सेवन गर्ने गरेको पनि उनले बताए । उनले सबै राज्य सरकारहरुलाई यस्तो औषधिको दुरुपयोग रोक्न सबैखाले उपाय अपनाउन आग्रह पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed