Breaking News.... EverestOnlineKhabar
October 2, 2026

६५ वर्षपछि हडर्सफिल्डसंग म्यानचेस्टर युनाइटे पराजित

Loading

एजेन्सी,५ कार्तिक ।
इंग्लिस प्रिमियर लिगको यो सिजनमा अपराजित रहँदै आएको म्यानचेस्टर युनाइटेडले हडर्सफिल्ड टाउनसँग पहिलो हार बेहोरेको छ । शनिबार भएको खेलमा हडर्सफिल्ड टाउनले म्यानचेस्टर युनाइटेडलाई २–१ को गोल अन्तरले हराएको छ ।
हडर्सफिल्डका लागि आरोन मोयले खेलको २९ औँ मिनेटमा पहिलो गोल गरेका थिए । मोयले युनाइटेडका गोलरक्षक डेभिड डे गेयाबाट रिबाउन्ड भएर आएको बललाई गोलमा परिणत गरेका थिए ।
लरेन्ट डेपोएट्रेले हडर्सफिल्डका लागि दोस्रो गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका तर्फबाट भने मार्कोस रासफोर्डले ७८ औँ मिनेटमा एक गोल फर्काएका थिए । सन् १९५२ पछि हडर्सफिल्डले म्यानचेस्टर युनाइटेडविरुद्ध पहिलो जित हात पारेको हो । शनिबारको खेलपछि म्यानचेस्टर युनाइटेड अंक तालिकामा म्यानचेस्टर सिटीभन्दा पाँच अंकले पछाडि परेको छ । ९ खेलबाट युनाइटेडको २० अंक रहेको छ भने समान खेलबाट सिटीको २५ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed