Breaking News.... EverestOnlineKhabar
June 24, 2026

डोटीको बीपीनगरमा बस दुर्घटना, ३ जनाको मृत्यु, १८ घाइते, ४ को अवस्था गम्भीर

Loading

डोटी । डोटीको बीपीनगरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बागछेडाबाट कैलालीको धनगढी गैरहेको ना ३ ख ५६४८ नम्बरको बस बडिकेदार गाउपालिका २ मा सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा बडिकेदार गाउँपालिका–४ मान्नाकापडीका ४५ वर्षीय जगदीश चन्द र ३५ वर्षीय निर्मला पुन मगर रहेका छन । अर्की एक ३ बर्षीया बालिका पुष्पा जेठाराको पनि मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १८ जना उपचारका लागि धनगढी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed