Breaking News.... EverestOnlineKhabar
October 2, 2026

आगामी मंसिरमा हुने चुनावमा सेना परिचालन गर्ने सुरक्षा परिषद्को निर्णय

Loading

काठमाडौ,२ कार्तिक ।
सुरक्षा परिषद्ले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । निर्वाचन सार्न लागेको भन्ने विपक्षी दलको आरोप खेपेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेर निर्वाचनको समयमा पुरानै शैलीमा सेना परिचालन गर्ने निर्णय गराएका छन । बैठकले आसन्न संघ (प्रतिनिधी सभा) र प्रदेशको निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आवश्यक पर्ने सुरक्षा समन्वय गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पुरानै मोडल (यसअघिकै शैलीमा) सेना परिचालन गर्न सिफारिस गरेको छ । यो बैठकमा भएको निर्णयले निर्वाचन समयमा हुनेमा रहेको आंशकालाई चिरेको एक सदस्यले बताए । रक्षामन्त्री भिमसेनदास प्रधानले भनेः‘ सुरक्षा परिषदको बैठकमा आगामी निर्वाचनको सुरक्षा बारेमा छलफल भयो, सरकार समयमा निर्वाचन गराउन कटिबद्ध रहेको दरिलो उदाहरण पनि हो । यसअघि स्थानीय तहमा परिचालन भएझैं सेनाले सुरक्षाको तेस्रो घेरा सम्हाल्ने छ । स्थानीय तहको तीन चरणको निर्वाचनमा झैं पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल र तेस्रोमा नेपाली सेना परिचालन हुनेछ ।’
सेनालाई आवश्यक गस्ती र मतपेटिकाको सुरक्षा र सुरक्षीत स्थानमा पुर्‍याउने कामसमेतको जिम्मेवारी तोकिएको उनले बताए । प्रधानमन्त्रीको अध्यक्षता रहने परिषदमा रक्षा, गृह, अर्थ, परराष्ट्रमन्त्री मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने परिषदको सदस्य सचिवका रुपमा रक्षासचिव रहन्छन् ।
बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षामन्त्री प्रधान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको मुख्य सचिव राजेन्द्रकिश्वर क्षेत्रीले बताए । गृह र परराष्ट्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेकाले अर्थ र रक्षामन्त्रीको मात्र उपस्थिती रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed