Breaking News.... EverestOnlineKhabar
June 24, 2026

कांग्रेसका शीर्ष नेता को कहाँबाट चुनाव लड्दैछन ?

Loading

काठमाडौं । नेपाली कांग्रेसले शीर्षनेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको छ । संसदीय समितिले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको हो ।

संसदीय बोर्डका एक सदस्यका अनुसार पार्टी सभापति शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नु हुनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट चुनाव लड्नु हुनेछ ।

यसैगरी महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो लागेको छ । यसैगरी काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह चुनाव लड्नु हुनेछ ।

काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको छ ।
काठमाडौं ५ बाट डाक्टर प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed