Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौं । सरकारले चिकित्सा शिक्षा बिधेयक अध्यादेशबाट पारित गर्ने भएको छ । डा. गोविन्द केसीले माग गर्दै आएको सो बिधेयक अध्यादेशबाट पारित गर्न सरकार सहमत भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार बिहान भएको बैठकले उक्त निर्णय गरेको हो ।

कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयकसम्बन्धी अध्यादेश पारित गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने छ ।
माथेमा कार्यदलको प्रतिवेदन तथा डाक्टर केसीको मागबमोजिम शिक्षामन्त्रीले संशोधन प्रस्तावसहितको चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्रले उक्त विधेयक संसदीय कार्यसूचीमा पर्न दिएका थिएनन ।

मंसिरमा हुने प्रतिनिधिसभा चुनावपछि नयाँ संसदले यो अध्यादेश पारित गर्नुपर्नेछ । केसीले राखेका अन्य मागमा पनि सरकार र केसी पक्षका वार्ताटोलीबीच सहमति भएको छ । धेरैजसो सहमति केसीले राखेका अडानकै पक्षमा भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed