![]()
काठमाडौं । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक जारी छ । संसद् भवनमा जारी बैठकमा दलीय आधारमा नेताहरुले सम्बोधन गरिरहेका छन् । बैठकमा शीर्ष नेताहरुले पनि धारणा राख्ने कार्यक्रम छ ।
बैठकमा संसद् प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखले बिदाई सम्बोधन गरेपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गर्नुहुने छ । अन्तिम बैठक बस्नुअघि सभामुख ओनसरी घर्तीसहित सांसदले सामूहिक तस्बिर खिचाइएकी थिइन् ।
समापन समारोहका लागि आजै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार समानुपातिकतर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका भएकाले त्यसको अघिल्लो दिन राति १२ बजेदेखि नै संसद्को अवधि सकिन लागेको हो । विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।


