Breaking News.... EverestOnlineKhabar
August 16, 2026

राहुल गान्धी भारतीय कंग्रेसको प्रमुख हुने : सोनिया गान्धी

Loading

बिबिसि । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाँडै नै पार्टीको अध्यक्ष बन्ने बताएकी छन् ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यो विषयको खुलासा गरेकी हुन । उनले भनिन, ‘राहुल कहिले पार्टीको प्रमुख बन्नुहुन्छ भनेर तपाँईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछन । ’

राहुल कांग्रेसको प्रमु्ख व्यक्ति भए भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।
राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्ने बताइएको छ । राहुल गान्धी अहिले भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.