![]()
बिबिसि । ईङल्याण्डमा सन् २०१९ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनौट खेल आगामी मार्चाबाट जिम्बावेमा हुने भएको छ । १० टोली सहभागी प्रतियोगितामा शीर्ष ८ मा रहेका टोली सिधै छनौट हुनेछन् । बाँकी २ टोलीका लागि ओडिआई वरियताको पुछारमा रहेका ४ टोली, वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा रहने टोली र डिभिजन टु का शीर्ष २ गरी १० टोली प्रतिस्पर्धा गर्नेछन् । छनौट खेल्ने ६ टोलीको टुंगो लागेपनि बाँकी ४ टोलीको टुंगो लाग्न सकेको छैन ।
एकदिवसीय वरियताको पुछारमा रहेका वेष्ट ईण्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्याण्डले छनौट खेल खेल्नेछन् । वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्याण्ड्स् र पपुवा न्यु गीनीले छनौटमा स्थान बनाएका छन् भने बाँकी २ टोलीको टुंगो लागेको छैन । त्यस्तै डिभिजन टु मा रहने टोलीको समेत टुंगो लाग्न बाँकी छ ।
वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको खेल सकिए लगत्तै डिभिजन टु को प्रतिस्र्धा सुरु हुनेछ । नामिबिया, युएई, क्यानडा र ओमान हाल डिभिजन टु मा छन् । नेपाल, केन्या र हङकङ मध्ये एक टोली छनौटमा पर्नेछन भने २ टोली डिभिजन टुमा घटुवा हुनेछन् ।


