Breaking News.... EverestOnlineKhabar
August 17, 2026

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने, मन्त्री पनि फिर्ता नबोलाउने निर्णय

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफना मन्त्रीहरुलाई पनि सरकारबाट फिर्ता नबोलाउने निर्णय गरेको छ । माओवादी पार्टी कार्यालयमा शनिवा बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र सरकारमा सहभागि मन्त्रीलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको नेता मणि थापाले जानकारी दिनुभयो ।

निर्वाचनको मुखमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसहित पार्टी एकीकरणको अभियान चलाएपछि राजनीतिक ध्रवीकरण झनझन पेचिलो बन्दै गएको छ । सरकारमै रहेको माओवादी केन्द्रले बिपक्षी एमालेसंग साँठगाँठ गरेपछि सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस बिच्किएको छ ।

माओवादी केन्द्रसंग अविश्वास उत्पन्न भएपछि प्रधानमन्त्री देउवाले शुक्रवार राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाले थापासहित चार मन्त्री र चार राज्यमन्त्री थपेका हुन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेपछि अव माओवादीले के गर्छ ? सवैको ध्यान यो प्रश्नमाथि गएको बेला माओवादीले सरकारलाइ दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.