Breaking News.... EverestOnlineKhabar
June 26, 2026

जोरखाने तथा कुस्ती प्रतियोगिता सुरु

Loading

काठमाडौ,२७ असोज ।
शुक्रबारदेखि प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिता सुरु हुँदै छ । नेपाल जोरखाने खेलकुद संघको आयोजनामा केहिबेरमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान गरी ८ राष्ट्रका ८० खेलाडी सहभागी हुने छन् । जोरखानेमा ७ र कुस्तीमा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोतिगामा नेपालबाट सुमिर साह, मुकेशकुमार ठाकुर, कुन्दन साह तुराहा, रोहित महर्जन, रोजन महर्जन, राजु महर्जन र रोजित महर्जनले प्रतिस्पर्धा गर्नेछन् । शनिबार सकिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
यसैबीच नेपाल जोरखाने संघले कीर्तिपुरमा पाँच वर्ष भित्रमा करिब ९२ करोड रुपैयाँको लागतमा बहुउद्धेश्यीय कर्भड हल बनाउने भएको छ । यस विषयमा संघ ,अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाविच विहिबार त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा संघका अध्यक्ष सुरेन्द्र मानन्धर र महासंघका अध्यक्ष एवंम इरानका पूर्व उपराष्ट्रपति मोहसेन मिरालिजादेले हस्ताक्षर गर्नु भएको हो । कुल लागतको ७५ प्रतिशत महासंघ र बाँकी २५ प्रतिशत संघले व्यवस्था मिलाउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कर्भड हल बनाउनको लागि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले वडा नम्बर १० मा १८ देखि २० रोपनी जग्गा उपलब्ध गराउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed