Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,२७ असोज ।
नेपाल प्रहरीले लगाउने पोशाकमा छिमेकी मुलुक भारत झल्काउने संकेत छन् भन्दा कतिपयलाई पत्यार नलाग्न सक्छ । सुरक्षाकर्मीले लगाएको टोपीमा यस्ता संकेत भेटिएपछि भने पत्याउनै पर्ने हुन्छ । कतिपय प्रहरीले लगाएका टोपीमा भारतको राष्ट्रिय झन्डा (तिरंगा), ‘मेरा भारत महान, सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएका थुप्रै संकेत भेटिन्छन् । ती संकेत टोपीको भित्रपट्टी राखिएका छन् ।
अझ कतिपय टोपीमा भेडाको चित्रसमेत उल्लेख गरेको पाइएको छ । आफ्नो स्वाभिमानमाथि नै आँच आउने खालका यस्ता टोपी सुरक्षाकर्मीले वर्षौंदेखि शीरमा राख्दै आइरहेका छन् ।

उनीहरुलाई यसबारे जानकारी नभएर हो वा संगठनकै लापरवाहीले सुरक्षाकर्मीको स्वाभिमान गिराउने काम भएको छ । संगठनको तल्लो तहका जवान मात्रै होइन, प्रहरी अधिकृतले लगाएको टोपीमा समेत यस्ता संकेत भेटिएका छन् । एकजना प्रहरी अधिकृतले लगाएको टोपीमा भारतीय झण्डा र ‘सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा’ लेखिएको पाइएको छ । पूरानो भएकाले भारतीय झण्डा भने स्पष्ट चिनिदैन् । उनले लामो समयदेखि सोही टोपी प्रयोग गर्दै आइरहेको बताए ।
केही समयअघि अर्का एक प्रहरी निरीक्षकको टोपीमा समेत यस्तौ संकेत भेटिएको थियो । उनको टोपीको एकातर्फ‘मेरा भारत महान’ लेखिएको र अर्कोतर्फ भारतको राष्ट्रिय झण्डा उल्लेख भएको स्टिकर भेटिएको थियो । यस्तो स्टिकर भेटिएपछि उनले तत्काल च्यातेर फालेका थिए ।
प्रहरी संगठनले मातहतका सुरक्षाकर्मीका लागि टेण्डरमार्फत टोपीलगायतका पोशाक खरिद गर्दै आएको छ । प्रहरीको पोशाक भारतीय कम्पनीले उत्पादन गरेको मध्येबाट भित्रिने गरेको स्रोतले बताएको छ । भारतीय कम्पनीले जानाजान यस्तो बदमासी गरेको स्रोतको दाबी छ ।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले टेण्डरमार्फत खरिद गरेको टोपीमा यस्ता खालको कुरा हुन नसक्ने दाबी गरे । उनले कसैले व्यक्तिगत रूपमा खरिद गरेर लगाएको टोपीमा यस्ता संकेत भेटिन सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed