Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्री समानुपातिक उम्मेद्वारमा सिफारिस

Loading

बर्दिया,२५ असोज ।
नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुका कोषाध्यक्ष एंव नेकपा एमालेका बर्दिया जिल्लाका लोकप्रिय तथा युवा नेता झपिन्द्रकुमार खत्री समानुपातिक उम्मेद्वारको लागि सिफारिस हुनुभएको छ । गत असोज २२ गते बसेको अनेरास्ववियु स्थायी कमिटी बैठकले युवा नेता खत्रीको नाम सिफारिस गरेको थियो । करिब डेढ दशकभन्दा बढी अनेरास्ववियुमा आवद्ध भई विद्यार्थी राजनीतिमा क्रियाशिल कोषाध्यक्ष खत्री प्रदेश नम्बर ५ को प्रदेशसभाको लागि समानुपातिक तर्फवाट सिफारिस हुनुभएको हो ।
संगठनमा मात्र नभई माउ पार्टी एमालेको संगठन विस्तारमा समेत अहोरात्र खटिने गरेको युवा नेता खत्रीलाई प्रदेश नम्बर ५ को सम्भावना बोकेको नेताको रुपमा लिने गरिन्छ । राजनीति र संगठनप्रतिको निरन्तर सक्रियता,युवा मुद्धाहरुलाई बहसमा ल्याउने र विकास निर्माण क्षेत्रमा भिजन प्रस्तुत गर्न सक्ने क्षमताका कारण अनेरास्ववियु संगठनभित्र मात्र नभई गुहजिल्ला बर्दियामा पनि नेता खत्री जनतामाझ लोकप्रिय छन् ।
आगामी मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माउ पार्टी नेकपा एमालेका उम्मेद्वारलाई विजयी गराउन नेता खत्री सक्रिय भईसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed