![]()
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौंका लागि आफना उम्मेदवार चयन गरेको छ । सोमबार काठमाडौंमा बसेको पार्टी बैठकले उम्मेदवार तय गरेको हो । पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं १ र अर्का संयोजक उज्ववल थापा काठमाडौं ५ नम्बर क्षेत्रबाट चुनाव लडने भएका छन ।
यस्तै,काठमाडौंको क्षेत्र नम्बर ४, ८ र ९ बाट पार्टीको केन्द्रीय समितिका सदस्य क्रमशः सुबुना बस्नेत, पुकार बम तथा मिलन पाण्डे समेतलाई संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय भएको छ । संचारकर्मी अनुपा श्रेष्ठलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय प्रतिनिधिसभा सदश्यको लागी प्रत्यक्ष उम्मेदवार बनाइएको छ । अन्य उमेदवारहरु क्रमशः घोषणा गर्दै जाने सो पार्टीले जनाएको छ ।


