Breaking News.... EverestOnlineKhabar
August 14, 2026

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

Loading

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएको छ । काठमाडौं बानेश्वरको खरिबोटमा सोमबार गौचनको हत्या भएको हो ।

गौचन बा १३ ४९४८ नम्बरको प्राडो गाडी चढेर घरबाट बाहिर निस्किएको केहीबेरमै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते गौचनलाई तत्काल सिभिल अस्पताल पुर्याएपनि उनलाई बचाउन सकिएन ।

गौचनमाथि गोली प्रहार भएपछि सिभिल अस्पताल परिसरमा गौचनका आफन्त, घरका सदस्य र निर्माण व्यवसायीहरु भेला भएका थिए ।
गौचनलाई गोली प्रहार गर्ने समूहको एकीन नभएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed