![]()
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा सरकारमा सहभागी हुने भएको छ । सोमबार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
सत्तारुढ दलहरुसंग मन्त्रालय बाँडफाँडबारे कुरा मिलेपछि सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाइने राप्रपा अध्यक्ष कमल थापाले पार्टी बैठकमा बताउनु भएको थियो ।
राप्रपाले आउने प्रतिनिधि र प्रदेश शभा निर्वाचनमा कांग्रेससहितका लोकतान्त्रिक दलहरुदलसँग तालमेल गर्ने निर्णय पनि गरेको छ ।
विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ ।
राप्रपाले सोमबार नै हिन्दू राष्ट्र कायम गर्न माग गर्दै राप्रपाले काठमाडौंमा प्रदर्शन समेत गरेको छ ।


