Breaking News.... EverestOnlineKhabar
June 19, 2026

ग्यारेथ बेल वेल्सको विश्वकप छनौट अभियानबाट बाहिर

Loading

एजेन्सी,१८ असोज ।
ग्यारेथ बेलले चोटका कारण विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत वेल्सका अन्तिमका दुई खेल गुमाउने भएका छन् । पिंडौलको चोटका कारण वेल्सका बेलले जर्जिया र रिपब्लिक अफ आयरल्याण्डसँगको खेल गुमाउने भएका हुन् ।
रियल मड्रिडका फरवार्ड एक महिनाका लागि मैदान बाहिर रहने सम्भावना छ । यसले गर्दा वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्नु पनेमा बेलले त्यो पनि गुमाउने छन् । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह डी मा रहेको वेल्स अहिले दोस्रो स्थानमा छ । यहि स्थान कायम राख्न सकेमा वेल्सले प्ले–अफ खेल्नु पर्नेछ । प्ले–अफ आउँदो नोभेम्बर ९ देखि १४ सम्ममा हुनेछ ।
बेल सोमबार वेल्सको टिममा सामेल भएका थिए । उनी प्रशिक्षणमा नरहे पनि खेलसम्ममा फिट हुने अपेक्षा गरिएको थियो । तर स्क्यानले उनको चोट गम्भीर रहेको देखिएपछि खेल्न नसक्ने भएका हुन् । वेल्सले विश्वकप छनौट अन्तर्गत आउँदो शुक्रबार जर्जियासँग खेल्ने छ ।
यस्तै कार्डिफमा त्यसको तीन दिनपछि रिपब्लिक अफ आयरल्याण्डसँग वेल्सले प्रतिस्पर्धा गर्नेछ । ८ खेलबाट १८ अंक जोडेको सर्बिया समूहको शीर्ष स्थानमा छ । वेल्सको १४ अंक मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed