Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौ,१८ असोज ।
काठमाडौंमा मध्यरात भूकम्पको धक्का महसुस भएको छ ।बुधबार बिहान २ बजेर ४ मिनेटमा काठमाडौंको नयाँ बसपार्कबाट उत्तरतिर केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको पराकम्पन गएको हो ।
१२ वैशाख , २०७२ को विनाशकारी भूकम्पपछि पराकम्प जाने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, यो नयाँ भूकम्प नभएर गोरखा भूकम्पको पराकम्पन हो ।
गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ । चार रेक्टरभन्दा साना परकम्पन हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने भूकम्पमापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed