![]()
बिबिसि । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० ले हराएको छ । चेल्सीको मैदानमा भएको खेलमा पाहुना टोली सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले गोल गरेका थिए ।
अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई ४–० ले पराजित गर्यो । म्यान्चेस्टर युनाईटेडका लागि मराउने फेलियानीले दुई गोल गरे भने हुँवा माटा र रोमेलु लुकाकुले एक÷एक गोल गरे ।
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले हडसफिल्ड टाउनलाई ४–० ले पाखा लगाँउदा स्टोक सिटीले साउथह्याम्पटनलाई २–१ ले तथा वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई १–० ले हराए ।
वेष्ट ब्रोमविच आल्बियोन र वाट्फोर्डले २–२ गोलको बराबरी खेले । अंक तालिकामा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।


