![]()
काठमाडौं । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको प्रसिद्ध मरु गणेशको खट यात्रा सम्पन्न भएको छ । उपत्यकाका चार प्रसिद्ध गणेश मध्ये मरु गणेश अशोक विनायकको चाँदीको मूर्तिलाई खटमा राखी नगर परिक्रमा गरि जात्रा गरिएको हो । यो जात्रामा खटलाई मरु गणेश गुठीका सदस्यका चेलीबेटीको घर–घरमा लगेर गणेशको मूर्तिमा पूजाआजा गरिन्छ ।
नगरपरिक्रमा गराईसकेपछि चाँदीको गणेश मूर्तिलाई मूल घरमा पुनः प्रतिस्थापन गर्ने चलन छ । उपत्यकामा जल विनायक, कार्य विनायक, सूर्य विनायक र अशोक विनायक प्रसिद्ध छन् । मरुस्थित अशोक विनायकको मन्दिरमा गजुर नभएकाले मरु गणेश भनिएको हो ।


