![]()
काठमाडौं । नेकपा एमालेले मंसिरमा तोकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनैपनि बामपन्थी दलसंग सहकार्य र तालमेल गर्ने निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले सबै बामपन्थी दलसंग तालमेल गर्ने निर्णय गरेपनि पहिलो प्राथमिकता भने नेकपा माओवादी केन्द्रलाई दिएको छ । बैठकपछि नेताहरुले पत्रकारहरुसंग कुरा गर्दै भने, ‘देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिसँग तालमेल गर्ने भन्ने कुरा छ, बहुमतसहित एमाले नेतृत्वको सरकार बनाउने निर्णय भएको छ ।’ माओवादीसंग चुनावी तालमेलका लागि संवाद अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । तालमेल कसरी गर्ने भन्ने अन्तिम निर्णयको जिम्मा भने स्थानीय पार्टी कमिटीलाई प्रदान गरिएको छ ।
आगामी मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा भने २९४ स्थान जितेर एमाले पहिलो पार्टी बनेको छ ।


