![]()
ढाका,१३ असोज ।
बंगलादेशको कक्स बजार नजिकैको समुद्री तटमा डुंगा पल्टिदाँ १४ जना रोहिंग्याको ज्यान गएको छ । नदीमा डुबेर ज्यान गुमाउनेमा ९ जना बालबालिका र ५ महिला रहेका बंगलादेश प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । डुंगा दुर्घटनामा बचेकाहरुका अनुसार समुद्रमा डुबेको कुनै वस्तुमा ठक्कर खाएर डुंगा पल्टिएको हो ।
प्रहरीका अनुसार डुंगामा ४० जना थिए भने पछिल्लो २ दिनमा बंगलादेशमा म्यानमारको रखाइन प्रान्तबाट भागेर २ हजार भन्दा बढी रोहिंग्या बंगलादेश पुगेका छन् । म्यानमारमा गएको अगस्ट २५ तािरखदेखि जारी हिंसाका कारण ५ लाखभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन् ।


