Breaking News.... EverestOnlineKhabar
August 14, 2026

दसैं टीका कुन बेला लगाउँदा उत्तम ? यस्तो भन्छन् ज्योतिष…..

Loading

काठमाडौ,१३ असोज ।
यस वर्षको दसैं नवरात्र सुरू भइसकेको छ। असोज ५ गतेबाट सुरू भएको नवरात्र असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको थियो । असोज ११ गते बिहान ७ बजेर ३१ मिनेटमा फूलपातीको साइत रह्यो । यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत रह्यो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस असोज १२ गते बिहीबार महाअष्टमी छ र, त्यसै दिन राति कालरात्रि पूजाको साइत जुरेको थियो ।
असोज १३ गते शुक्रबार महानवमी र असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ छ। असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमापछि दस‌ैं समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed