Breaking News.... EverestOnlineKhabar
April 19, 2026

तुलनात्मक रुपले यस वर्षको दसैँ शान्त भएको नेपाल प्रहरीको दावी

Loading

काठमाडौ,१३ असोज ।
नेपाल प्रहरीले यो वर्षको दशैँ तुलनात्मक रुपले शान्तिसुरक्षा र चोरी डकैतीको कोणले शान्त भएको दावी गरेको छ । साथै,यसपालिको दसैँ अघिल्ला वर्षको तुलनामा शान्त र सुरक्षित हुने प्रहरीले जनाएको छ । शान्ति सुरक्षाका लागि दसैँ अघि देखि नै तयारी गरेकाले यसपाली लुटपाट जस्ता घटना हुन नपाएको प्रहरीको दावी छ ।
दसैँमा यात्रा गर्ने यात्रुका लागि प्रहरीले एउटा सार्वजनिक बसमा अनिवार्य रुपमा सिबिल पोशाकमा प्रहरी परिचालन गरेको छ । यात्रुलाई परेका कुनै पनि समस्या उनीहरुले प्रत्यक्ष देख्ने हुँदा दोषीलाई तत्काल कारबाही गर्न सजिलो हुनेछ । सार्वजनिक गाडीमा अनिवार्य प्रहरी रहने जानकारी गराइएकाले पनि चोरी डकैती र लुटपाट जस्ता घटना हुन नपाएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।
यात्रुको सहजताका लागि ठाउँ ठाउँमा अस्थाई प्रहरी पोस्ट खडा गरिएकाले पनि अपराध हुन नपाएको उनले बताए । अघिल्ला वर्षको दसैँमा लामो दूरीको बसमा यात्राका क्रममा धेरै चोरी तथा लुटपाट हुने गरेको गुनासो आउने गरे पनि यो वर्ष अहिलेसम्म यस्तो कुनै पनि उजुरी नआएको प्रहरीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed