![]()
एजेन्सी,१२ असोज ।
एडिसन काभानी र नेयमारले दुवैले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले बुधबार राति युरोपेली च्याम्पियन्स लिगको हेभिवेट भिडन्तमा बायर्न म्युनिखलाई सजिलै ३–० ले स्तब्ध पारेको छ । दिनका अन्य खेलमा अरु प्रमुख क्लब भने विजयी रहे ।
समूह बी को खेलमा पीएसजीले प्रतिसपर्धा सुरु भएको ९० सेकेन्डमै डानी एल्भेसको गोलले अग्रता लिएको थियो । यसै समूहको अर्को खेलमा सेल्टिकले एन्डरलेटलाई समान ३–० ले हरायो ।
समूह ए बासेलले बेनफिकालाई ५–० र म्यानचेस्टर युनाइटेडले सीएकेए मस्कोलाई ३–० ले हरायो । समूह सी मा अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले एटलेटिको म्याड्रिडको घरमा २–१ को महत्त्वपूर्ण जित निकाल्यो ।
समूहको अर्को खेलमा एएस रोमाले क्वोराबागलाई २–१ ले पन्छायो । यस्तै समूह डी मा युभेन्ट्सले ओलम्पियाकोसलाई २–० र बार्सिलोनाले स्पोर्टिङ सीपीलाई १ –० ले हरायो ।


