![]()
काठमाडौ,१२ असोज ।
काठमाडौंकी कुमारी आज फेरिँदैछ । अहिलेकी कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेकाले उनको ठाउँमा ओमबहालकी तृष्णा शाक्यलाई कुमारी छनौट गरिएको हो ।
महाअष्टमीको दिन पारेर आज तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रुपमा प्रतिस्थापन गरिने गुठी संस्थानले जनाएको छ । गुठी संस्थानको संचालक समितिले तृष्णलाई कुमारी छनौट गरेको हो ।
संस्थानले १८ वटा महाविहारका ३ जना प्रतिनिधि, पञ्चबुद्धका राजगुरुसमेत ५ जनाको छनौट समितिबाट नयाँ कुमारी छनौट गरेको हो । ३ वर्षको उमेरमा कुमारी भएकी मतिनालाई पनि आजै राजकीय सम्मानका साथ कुमारीघरबाट बिदाइ गरिनेछ । कुमारीलाई जीवित देवीका रुपमा पुज्ने गरिन्छ ।


