Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौं । चिकित्सकहरुको लगातारको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपिडी सेवा आज पाँचौं दिपनपनि ठप्प छन् । टाढाटाढाबाट उपचारका लागि आएका बिरामी अस्पताल बन्द भएपछि निराश भएर फर्कन थालेका छन । सुदूर तथा मध्यपश्चिमका बिरामी भारततर्फ जान थालेका छन भने शहरी क्षेत्रमा भित्रि गल्लीमा संचालित क्लिनिकमा बिरामीको भीड लाग्न थालेको छ ।

नेपाल चिकित्सक संघको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालका ओपीडी सेवा ठप्प भएका हुन् । आफना मागप्रति सरकार सकारात्मक नरहेको भन्दै संघद्दले आन्दोलनका कार्यक्रम फिर्ता लिन अस्वीकार गरेको हो ।

संघले देशभरिका अस्पतालमा आपतकालिन कक्षबाहेकका सेवा बन्द गर्न निर्देशन दिएको छ । माग पूरा नभएसम्म कुनै पनि हालतमा डाक्टर काममा नफर्कने संघको अडान छ ।

चिकित्सकहरुको लापरवाहीले बिरामीको ज्यान जाने गरेका घटना बढेको भन्दै सरकारले जुन डाक्टरको लापरवाहीले बिरामीको ज्यान गएको हो उसैबाट क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed