Breaking News.... EverestOnlineKhabar
June 4, 2026

६ महिना भित्र उत्तर कोरियामा नाकाबन्दीको अशर देखिने

Loading

बिबिसि । दक्षिण कोरियाको व्यापार तथा वाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी ६ महिनासम्ममा देखिने बताएका छन् । पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको नाकाबन्दी पहिलेका नाकाबन्दीहरुभन्दा कडा भएकाले यसको असर देखापर्न लागिसकेको अनुसन्धानकर्ता पार्क जोङचुलले बताए ।

दक्षिण कोरियाका जोङचुलले भने–‘यसको प्रभाव अहिले नै देखापर्न थालिसकेको छ र आगामी ६ महिनामा यसको प्रभाव अझै धेरै देखिनेछ ।’ दक्षिण कोरियाको राजधानी सोलमा मंगलबार आयोजना गरिएको वाणिज्यसम्बन्धी एक कार्यक्रममा उनले उत्तर कोरियाले आफूलाई कुनै असर नपरेको भनेको भएपनि त्यसको असर देखिन थालेको जिकिर गरेका हुन् ।

यसपटकको नाकाबन्दीले उत्तर कोरियाको व्यापार र वस्तुहरुको आयात–निर्यातमा नै प्रतिबन्ध लगाएकाले यसको असर ठूलो पर्ने उनले बताए । संयुक्त राष्ट्रसंघले उक्त देशमाथि केही हप्ताअघि नाकाबन्दी लगाएको हो । उसले सेप्टेम्बर ३ मा आणविक परीक्षण तथा यसमा हाइड्रोजन बमकै परीक्षण गरेकाले हतियार उत्पादनकोविरुद्धमा रहेको कानुनी प्रावधानको प्रयोग गरी उत्तर कोरियामाथि यस्तो नाकाबन्दी लगाइएको हो ।

उत्तर कोरियाले भने नाकाबन्दीले आफूलाई कुनैपनि असर नपरेको प्रतिक्रिया दिएको छ । उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने धम्की पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed