Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

चितवन । पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब तालमेल नभई एक्लै लडेर निर्वाचन जित्नुपर्ने धारणा राख्नुभएको छ ।

प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको पनि खुलासा गर्नुभयो । चितवनमा माओवादी बलियो हुँदै गएकाले चितवन ३ मा आफनो जित सुनिश्चित भएको उहाँले बताउनुभयो ।
आफू चुनावी तालमेलका विषयमा त्यती नभएपनि अन्य दलहरुसँगको छलफल भने जारी रहेको उहाँले बताउनुभयो । उहाँले यदि तालमेल भए संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै हुने जानकारी पनि गराउनुभयो ।

दाहालले चितवन ३ बाट चुनाव लडने घोषणा गरेपछि जिल्लाका विभिन्न कार्यक्रममा उहाँको सहभागिता बढदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed