Breaking News.... EverestOnlineKhabar
August 22, 2026

काभ्रेको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा सवारी दुर्घटना, ६ जनाको मृत्यु

Loading

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काभ्रेको बनेपाबाट डाँडापारि गइरहेको बा १४ च ९५५६ नंबरको बलेरो सडकबाट ६ सय फिट तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जना हराइरहेका छन् । बलेरमा सवार १७ यात्रु मध्ये अन्य ९ जना सकुसल रहेका छन् । घाइते एक बालिकाको उपचार भैरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा सबै माहाभारत गाँउपालिकाका रहेका छन । मृत्यु हुनेमा बर्ष ३५ कि खेलीमाया बल, बर्ष २० कि पुतलीमाया बल, बर्ष २२ की महेन्दीमाया जिम्बा, बर्ष २७ कि मनिता मोक्तान, बर्ष १९ कि कुमारी जिम्बा रहेका छन । मृतक एक पुरुषको सनाखत हुन बाँकी छ ।

दशैँंमा घर जाने यात्रुले सो गाडी रिजर्भमा लगेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.