Breaking News.... EverestOnlineKhabar
June 7, 2026

Loading

एजेन्सी । स्मार्ट आइडियाज (हाम्रो पात्रोले) एप्पलका ग्याजेटस प्रयोग गर्नेका लागि लक्षित गर्दै हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ । विशेषगरी आइफोन प्रयोगकर्तालाई लक्षित गरेर एप स्टोरमा नेपाली किबोर्ड उपलव्ध गराएको हो ।

यो एप सजिलो युजर इन्टरफेसमा उपलब्ध छ । यसबाटसजिलै नेपाली भाषामा टेक्स्ट लेख्न सकिन्छ । यो एपमार्फत् किबोर्डको स्पेस बटन थिचेर फरकरफरक तरिकाले नेपाली लेख्न सकिन्छ ।

यो किवोर्ड एपमा नेपाली र अंग्रेजी दुवै भाषाका अक्षर र अंक उपलब्ध छन् जसले आइफोन प्रयोगकर्तालाई एउटै एपबाट बहुभाषामा संदेश लेख्न सघाउँछ ।

रोमनबाट नेपाली टाइप गर्ने अथवा चलिरहेकै किबोर्डबाट नेपाली चलाउने दुवै अप्सन यसमा खुला छ । एन्ड्रोइड भर्सनमा हाम्रो नेपाली किबोर्ड चलाएका प्रयोगकर्ताले एप्पलका प्रडक्टमा पनि त्यस्तैखाले सेवा पाउने भएका हुन् ।

यसमा अगाडि टाइप गरिएका अक्षरसँगै सुझावहरु पनि उपलब्ध हुने भएकाले लामा लामा शब्दहरु टाइप नगरी सोझै दिइएका सुझावमा क्लिक गरेकै भरमा छिटो लेख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed