![]()
काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका कारण स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएको भन्दै आक्रोश व्यक्त गरेका छन ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति, काठमाडौंले शनिवार दशैंको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले स्थानीय तहको तीनवटै चरणमा पार्टीको अवस्था कमजोर हुनुमा सभापति देउवा दोषी रहेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री एवम सभापति देउवाले पार्टीलाई होच्याएर काम गर्ने गरेको सिंहको गुनासो थियो । लोकतान्त्रिक विधिबाट उम्मेदवार चयन नभएका कारण स्थानीय तहको धेरै सिट काँग्रेसले गुमाउनु परेको उहाँले बताउनुभयो । काँग्रेस नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले चलाउन पनि पार्टी सभापति देउवासँग माग गर्नुभयो ।


