![]()
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) ले जित हासिल गरेको छ । राजपाले डाक्नेश्वरी नगरपालिकाको मेयर र उपमेयर दुवै पद कब्जा गरेको हो ।
मेयरमा राजपाको तर्फबाट शिबनारायण साह र उप मेयरमा इन्दु कुमारी यादव निर्वाचित भएका हुन । मेयरमा साहले ३८८० मत प्राप्त गरेका छन् भने उप मेयरमा विजयी यादवले ३८५६ मत प्राप्त गरेकी छन् ।
निकटतम प्रतिद्वन्दी कांग्रेसका नारायण यादवले ३५४९ मत प्राप्त गरेका छन् । निकटतम उप मेयरमा कांग्रेसकै रामकुमारी पण्डित रहिन् । उनले ३५६९ मत प्राप्त गरिन् ।


